विद्या भारती सिक्किमद्वारा शिशु मन्दिरहरूमा तिहार पर्व पालन
विद्या भारती सिक्किमद्वारा शिशु मन्दिरहरूमा तिहार पर्व पालन


विद्या भारती सिक्किमद्वारा शिशु मन्दिरहरूमा तिहार पर्व पालन


गान्तोक, 19 अक्टोबर (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानद्वारा सिक्किममा सञ्चालित शिशु मन्दिरहरूमा तिहार पर्व पालन गरिएको छ। विद्या भारती सिक्किमले विगत 2-3 वर्षदेखि आफ्ना विद्यालयहरूमा यसरी चाड-पर्वहरू मनाउने क्रम शुरू गरेको जानकारी संस्थाका संयोजक मोहन शर्माले दिएका छन्।

संयोजक शर्माले बताए अनुसार, विद्यालयमा यसरी चाड-पर्वहरू मनाउनुको मुख्य उद्देश्य आध्यात्मिकताका साथै संस्कार, संस्कृति, पर्व, परम्परा र भेषभुषाको बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु, संरक्षण-संवर्द्धन गर्नु र प्रचार-प्रसार गर्नु रहेको छ।

चाड-पर्वहरू मनाउने क्रममा अभिभावकहरूका साथै स्थानीय मानिसहरूलाई पनि जोड्ने कार्य भइरहेको उनले बताएका छन्। उनले भारतीय संस्कृति, भाषा भेषभूषा, स्थानीय खाद्य, चाड-पर्वहरूको संरक्षण-संवर्द्धन, मार्गदर्शन एवं प्रचार-प्रचार गर्न विद्या भारती, सिक्किमले विशेष जोड दिएर आफ्ना विद्यालयहरूमा चाड-पर्वहरूको पालन शुरू गरेको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande