सांसद राजु विष्टमाथि हमलाको भाजपा तीनधारे महानदी मण्डलद्वारा विरोध
सांसद राजु विष्टमाथि हमलाको भाजपा तीनधारे महानदी मण्डलद्वारा विरोध


खरसाङ, 19 अक्टोबर (हि.स.)। दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्ट शनिवार पैह्रो पीडित अनि पैह्रो प्रभावित क्षेत्र रिम्बिक लोधोमाबाट फर्किरहेको समय सुखे पोखरी नजिक उनको काफिलामाथि हमलाको भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल सभापति उमेश प्रधानले घोर विरोध जनाएका छन्।

उनले सांसदमाथि भएको हमलाको प्रशासनले दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी सजाय दिन माग गरेका छन्। उनले बताए अनुसार, पहाडमा अझै पनि गुण्डागर्दी समाप्त भएको छैन। गुण्डाराज अन्त गर्नु हो भने 2026 को चुनाउमा भारतीय जनता पार्टीलाई जिताउन अवश्यक छ।

उमेश प्रधानले भने, 'जब दार्जिलिङ पहाडमा केही हुने बेला हुन्छ बंगालले दार्जिलिङमा अशान्ति बनाउने कोशिश गर्छ। एउटा जनताको प्रतिनिधिमाथि त यस्तो हमला हुन्छ भने साधारण जनताको अवस्था के हुन्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande