गुजरातको सोमनाथ मन्दिरमा ३डी लाइट एन्ड साउन्ड शो, 19 अक्टोबरदेखि यात्रीहरुका लागि शुरु हुने
गुजरातको सोमनाथ मन्दिरमा ३डी लाइट एन्ड साउन्ड शो, 19 अक्टोबरदेखि यात्रीहरुका लागि शुरु हुने


दीपावलीको बिदामा सोमनाथ महादेवका दर्शन गर्न आउने भक्तहरूका लागि विशेष आकर्षण

सोमनाथ, १९ अक्टोबर (हि.स.)। गुजरातको सोमनाथ महादेवका दर्शनका लागि देश–विदेशबाट आउने श्रद्धालुहरूलाई श्री सोमनाथ तीर्थको युगौँयुगको गौरवगाथा प्रस्तुत गर्ने ३डी लाइट एन्ड साउन्ड शो पुनः यात्रुहरूका लागि अक्टोबर १९ देखि सुरु गर्न लागिएको छ। यो शो वर्षाको समयमा रोकिएको थियो।

दीपावलीको अवसरमा सोमनाथ आउने श्रद्धालुहरूलाई सोमनाथ तीर्थको इतिहास बुझाउनका लागि यो शो तयार गरिएको हो। कसरी चन्द्रदेवको तपस्याबाट भगवान् सोमनाथ यो भूमिमा अवतरित भए, कसरी भगवान् श्रीकृष्णले आफ्नो अन्तिम लिला देखाई निजधाम प्रस्थान गरे, र यो तीर्थ प्रभास भनेर चिनिन थाल्यो, यी सबै धार्मिक कथाहरूलाई आधुनिक ३डी प्रविधिको माध्यमबाट प्रस्तुत गरिन्छ। यस कारण यो शो यात्रीहरूबीच अत्यन्त लोकप्रिय भएको छ।

यो शो हरेक वर्ष मनसुन (वर्षा ऋतु) मा बन्द रहन्छ, तर दीपावली अघि पुनः शुरु गरिन्छ। वर्षा समाप्त भएपछि सोमनाथ मन्दिरमा ३डी लाइट एन्ड साउन्ड शो 19 अक्टोबरदेखि शुरु हुनेछ। शोको समय साँझको आरतीपछि राति ७:४५ बजे हुनेछ।

शनिबार, आइतबार र चाडपर्वका दिन यात्रुहरूको भीड बढी हुने भएकाले दुईवटा शो प्रदर्शन गरिनेछ। शोको टिकट मन्दिर परिसरबाहिर रहेको डिजिटल क्याशलेस काउण्टरमा साँझ ६:०० बजेदेखि र मन्दिर परिसरभित्र साहित्य काउण्टर नजिकैको टिकट काउण्टरमा साँझ ६:३० बजेदेखि उपलब्ध हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande