यस दिन भारत र चीनबीच सीमालाई लिएर बढ्दो तनाव युद्धमा परिणत भयो। चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) ले अचानक हमला गर्दै अरुणाचल प्रदेश (त्यतिबेलाको उत्तर–पूर्व सीमा क्षेत्र) र लद्दाखका क्षेत्रमा भारतको सीमाभित्र प्रवेश गर्ने प्रयास गर्यो। यो युद्ध मुख्यतया अक्साई चिन र अरुणाचल प्रदेशको सीमा (म्याकमोन रेखा) सम्बन्धी विवादका कारण उत्पन्न भएको थियो।
अक्टोबर १९६२ मा सुरु भएको यो द्वन्द्व झण्डै एक महिनाभन्दा बढी चल्यो, जसमा भारतलाई ठूलो क्षति बेहोर्नु पर्यो। चिनियाँ सेनाले अरुणाचल प्रदेशको तवाङ र वालोङ जस्ता क्षेत्रमा घुसपैठ गर्यो र २० नोभेम्बर, १९६२ मा चीनले एकतर्फी युद्धविरामको घोषणा गर्यो।
यो युद्ध भारतको इतिहासका सबैभन्दा ठूला चुनौतीहरूमध्ये एक मानिन्छ, जसले देशको सुरक्षा नीति र सैन्य संरचनालाई पूर्णरूपमा परिवर्तन गर्यो। यसपछि भारतले आफ्नो सीमा सुरक्षालाई मजबुत बनाउन रक्षा क्षेत्रमा ठूलो सुधारहरू गर्यो।
अन्य महत्वपूर्ण घटनाहरू
१५६८ – अकबरले चित्तौडगढमा आक्रमण गरे।
१७४० – मारिया थेरेसिया अष्ट्रिया, हंगेरी र बोहेमियाको शासक बनिन्।
१७७४ – कोलकाता (त्यतिबेलाको कलकत्ता) भारतको राजधानी बन्यो।
१८०३ – अमेरिकी सिनेटले फ्रान्सबाट लुइसियाना क्षेत्र खरिद गर्ने सम्झौतामा स्वीकृति दियो, जसले संयुक्त राज्य अमेरिकाको आकार दोब्बर बनायो।
१८२२ – द लन्डन संडे टाइम्स पत्रिकाको पहिलो अंक प्रकाशित।
१८८० – एम्स्टर्डम स्वतन्त्र विश्वविद्यालयको स्थापना।
१९०४ – चिली र बोलिभियाबीच शान्ति तथा मित्रताको सन्धि सम्पन्न।
१९०५ – रूसमा ११ दिनसम्म चलेको ऐतिहासिक हड्ताल सुरु।
१९४६ – भियतनाम लोकतान्त्रिक गणराज्य सरकारले २० अक्टोबरलाई “भियतनाम महिला दिवस” घोषणा गर्यो।
१९४७ – अमेरिका र पाकिस्तानबीच पहिलोपटक कूटनीतिक सम्बन्ध स्थापना।
१९६२ – चीनले भारतमाथि आक्रमण गर्दै अरुणाचल प्रदेश हुँदै भारतभित्र प्रवेश प्रयास गर्यो।
१९६३ – दक्षिण अफ्रिकामा नेल्सन मण्डेला र अरू आठ जनाविरुद्ध मुद्दा सुरु।
१९७० – सैयद बर्रेले सोमालियालाई समाजवादी राज्य घोषणा गरे।
१९९१ – भारतको उत्तरकाशीमा ६.८ तीव्रताको भूकम्पबाट १००० भन्दा बढीको मृत्यु।
१९९५ – संयुक्त राष्ट्रसंघको महासभाको विशेष स्वर्ण जयन्ती अधिवेशन सुरु।
१९९५ – श्रीलङ्का क्रिकेट टोलीले वेस्टइन्डिजलाई हराउँदै शारजाह कप जित्यो।
१९९८ – माल्दिभ्सका राष्ट्रपति अब्दुल गयूम पाँचौँपटक पुनः निर्वाचित।
२००३ – मदर टेरेसालाई पोप जोन पोल दोस्रोबाट आशीर्वाद प्राप्त।
२००३ – बोलिभियाका राष्ट्रपति सान्चेजको राजीनामा स्वीकृत, कार्लोस मेसाले नयाँ मन्त्रिपरिषद् घोषणा गरे।
२००३ – सोयुज यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग जोडियो।
२००४ – बङ्गलादेशमा तीन पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड।
२००४ – बेलायतको प्रतिष्ठित साहित्य पुरस्कार एलेन होलिङहर्स्टलाई प्रदान।
२००७ – अली लारिजानीले राजीनामा दिएपछि सईद जलाली ईरानका नयाँ प्रमुख परमाणु वार्ताकार बने।
२००७ – अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू. बुशले म्यान्मारका सैन्य शासकविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरे।
२००८ – भारतीय रिजर्भ बैंकले रेपो दरमा १ प्रतिशतले कटौती गर्यो।
२०११ – लिबियाका तानाशाह मोहम्मद गद्दाफी गृहयुद्धमा मारिए।
जन्म
१७८४ – भिस्काउन्ट पामर्स्टन, दुईपटक बेलायतका प्रधानमन्त्री।
१८५५ – गोवर्धनराम माधवराम त्रिपाठी, आधुनिक गुजराती साहित्यका चर्चित लेखक र चिन्तक।
१९२० – सिद्धार्थ शंकर राय, पश्चिम बंगालका पूर्व मुख्यमन्त्री।
१९२३ – वी. एस. अच्युतानन्दन, केरलका ११औँ मुख्यमन्त्री।
१९२७ – गुंटुरु शेषेन्द्र शर्म, तेलुगु कवि र साहित्यकार।
१९३० – लीला सेठ, भारतकी पहिलो महिला उच्च अदालतकी न्यायाधीश।
१९४० – धनीराम शाण्डिल, भारतीय कंग्रेसका नेता।
१९४७ – म्यानुअल फ्रेडरिक, भारतीय हकी खेलाडी।
१९५३ – किरण कुमार, भारतीय अभिनेता।
१९५७ – कुमार सानु, चर्चित पार्श्वगायक।
१९६३ – नवजोत सिंह सिद्धू, राजनीतिज्ञ र पूर्व क्रिकेटर।
१९६६ – बिक्रम घोष, प्रख्यात तबला वादक।
१९६९ – सुदर्शन भगत, कृषि तथा किसान कल्याण राज्य मन्त्री (मोदी मन्त्रिपरिषद्)।
१९७८ – वीरेन्द्र सहवाग, आक्रामक भारतीय क्रिकेटर।
१९८८ – कृष्णप्पा गौतम, भारतीय प्रथम श्रेणी क्रिकेट खेलाडी।
निधन
१९६४ – एच. सी. दासप्पा, भारतीय स्वतन्त्रता सेनानी।
१९८२ – निरञ्जन नाथ वांचू, वरिष्ठ प्रशासक र पूर्व राज्यपाल (केरल, मध्य प्रदेश)।
२०११ – मुअम्मर अल-गद्दाफी, लिबियाका तानाशाह।
२०१९ – दादू चौगुले दत्तात्रेय, भारतका चर्चित पहलवान।
महत्वपूर्ण अवसर
विश्व अस्थि–क्षय दिवस
विश्व सांख्यिकी दिवस
-----------
हिन्दुस्थान समाचार / भवानी थामी