प्रदेश भाजपा मुख्यालयसँगसँगै सबै संगठनात्ममक जिल्ला तथा मण्डलमा जुबिन गर्गको लागि श्रद्धाञ्जली समारोह
प्रदेश भाजपा मुख्यालयसँगसँगै सबै संगठनात्ममक जिल्ला तथा मण्डलमा जुबिन गर्गको लागि श्रद्धाञ्जली समारोह


गुवाहाटी, 19 अक्टोबर (हि.स.)। जुबिन गर्गले आजभन्दा एक महिना अगाड़ि संसारलाई छाड़िसकेका छन्। आजभन्दा एक महिना अगाड़ि हामी सबैका पिर्य कलाकार जुबिन गर्गले सबैलाई छोड़ेर एक अन्जान दुनियाँमा गएका छन्। असमको हृदय जुबिन गर्गको महान प्रस्थानले पछिल्लो एक महिनादेखिको सम्पूर्ण असम शोकमा डुबेको छ। जुबिन गर्ग ती व्यक्ति थिए जो जीवित छँदा जनसुद्रबीच थिए, मृत्युपछि यो जनसमुद्र महासागरमा परिणत भयो। सबैले जुबिन गर्गलाई आफूभित्र समाहित गरेर कलाकारलाई अमर बनाउने जिम्मेवारी लिएका छन्। जुबिन गर्ग़ आज असम वा भारतका मात्र कलाकार नभएर सारा विश्वले एक विश्वव्यापी कलाकारको रूपमा सम्मानित गरेको छ।

असमसँगसँगै आज प्रदेश भाजपा मुख्यालय अटल बिहारी बाजपेयी भवनमा बिहान 9 बजेदेखि श्रद्धाञ्जली समारोह आयोजना गरियो। नाम प्रसंग तथा भागवत पाठबाट शुरू भएको सो समारोहमा गुवाहाटी लगायत राज्यका विभिन्न क्षेत्रहरूबाट भाजपा कार्यकर्ताहरूले प्रिय कलाकाकरलाई श्रद्धाञ्जली अर्पण गरे। उक्त समारोहमा शान्त उजिर, मृणालकान्ति मेधि, नमिता भट्टचार्य, मालविका बोरा, सन्ध्या मेनन तथा जुबिन गर्गका सहयोगी वाद्य वादक भद्रकान्त दास आदि समेत राज्यका केही विशिष्ट कलाकारहरू प्रदेश भाजपा मुख्यालयमा उपस्थित भएर जुबिन गर्गलाई श्रद्धाञ्जली अर्पण गरे।

गुवाहाटी लोकसभा निर्वाचन क्षेत्रकी सांसद बिजुली कलिता मेधी, पूर्व-गुवाहाटी विधानसभा क्षेत्रका विधायक सिद्धार्थ भट्टचार्य, दिसपुर विधानसभा क्षेत्रका विधायक अतुल बोरा, गुवाहाटी नगरनिगमका मेयर मृगेन्द्र शरणिया समेेत केही वरिष्ठ भाजपा कार्यकर्ताहरू उपस्थित भएर कलाकार जुबिनलाई श्रद्धाञ्जली अर्पण गरे। प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले बिश्वनाथ जिल्ला कार्यालयमा जिला भाजपाको पहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा भाग लिेए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande