गान्तोक, 19 अक्टोबर (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले दिवालीको शुभ अवसरमा सिक्किमका जनता लगायत सम्पूर्णमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेकी छन्।
विधानसभा उपाध्यक्ष थापाले आज जारी आफ्नो सन्देशमा यस दीपोत्सवले सबैको घर खुशी, शान्ति र समृद्धिले प्रज्जवलित बनोस् भनी कामना गरेकी छन्। उनले नराम्रोमाथि राम्रो, अन्धकार विरुद्ध उज्यालो र अज्ञानता विरुद्ध ज्ञानको विजय प्रेम, सद्भाव र एकजुटताका साथ मनौं भनी आह्वान पनि गरेकी छन्।
उनले दियो बालेर आफन्तजनमा खुशी साझा गर्ने क्रममा आफ्ना समुदायहरूमा पनि दया, करुणा र सकारात्मकता फैलाउन नभुलौं भनेकी छन्। माता लक्ष्मीले प्रत्येक घरपरिवारलाई प्रशस्तताको आशीर्वाद प्रदान गरुन् भन्दै उपाध्यक्ष थापाले यो दिवालीले सबैको लागि नयाँ आशा र उज्ज्वल दिनहरू लिएर आओस् भनी कामना गरेकी छन्।
हिन्दुस्थान समाचार / बिशाल