हुगली, 20 अक्टोबर (हि. स.)। धनतेरस एवंं दीपावलीपूर्व हावड़ा तथा हुगली जिल्लाको पुलिसले ठूलो सफलता हासिल गरेको छ। हुगली जिल्लाको चण्डीतला थानाको पुलिसले गए आइतवार साँझ एक गहना पसलमा हुन लागेको लुटपाटलाई असफल बनाउँदै पाँचजना आरोपीहरूलाई पक्राउ गऱ्यो। पुलिसले यी आरोपीहरूबाट दुई वटा देशी पेस्तोल, छः राउण्ड कारतूस, एउटा चक्कु, एउटा शर्टर र ताला भत्काउने उपकरण तथा अन्य दुई वटा हतियार जफत गऱ्यो।
हुगली ग्रामीण पुलिसका अतिरिक्त पुलिस अधीक्षक कृषानु रायले बताए, धनतेरस र दीपावलीलाई ध्यानमा राख्दै जिल्लाका विभिन्न क्षेत्रहरूमा नाका जाँच गरिँदैछ। गए आइतवारसाँझ मशाट क्षेत्रमा पुलिसले केही संदिग्ध मानिसहरूलाी घुम्दै गरेको देख्यो। पुलिसले यिनीहरूलाई रोक्ने प्रयास गर्दा यिनीहरू भाग्न थाले, तर पछि पाँचै आरोपीलाई समातियो।
जाँचबुझ गर्दा थाहा भयो कि आरोपीहरूको उदेश्य मशाट क्षेत्रस्थित एक आभूषण पसलमा लुटपाट गर्नु थियो। पक्रा पर्ने आरोपीहरूमा सूरज मण्डल, कुतुब मण्डल, राजा उद्दीन, आलोक समाद्दार र आशीष साहाको रूपमा भएको छ। जसमध्ये दुईजना आरोपी हुगली जिल्लाको, एकदना दक्षिण 24 परगना अनि अन्य दुई जना उत्तर 24 परगना निवासी रहेका छन्।
चण्डीतला थानाले स्वतः संज्ञान लिएर मामिला दर्ता गरेको छ। पुलिसले सोमवार आरोपीलाई श्रीरामपुर अदालतमा पेश गरेर रिमाण्डमा लियो भने यिनीहरूका अन्य साथीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा