जँड़्याहा छोराले बुवाको गऱ्यो हत्या
जँड़्याहा छोराले बुवाको गऱ्यो हत्या


पूर्व बर्दवान, 20 अक्टोबर (हि.स.)। जिल्लाको ख़ण्डघोष थाना अन्तर्गत सगराई रायपाड़ा गाउँमा एकजना जँड़्याह छोराले मातेको झोकमा आफ्नै बुवाको कुटेरै हत्या गरेको आरोप लागेको छ। पुलिसले आरोपी छोरालाई पक्राउ गरेको छ। मृतककी पत्नी तथा स्थानीय मानिसहरूले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरिरहेका छन्। मृतकको पहिचान बिपत्तरण राय (55)-को रूपमा भएको छ। तिनी आफ्नी पत्नी र छोरा प्रदीपसित सगराई रायपाड़ामा बस्थे।

स्थानीय सूत्र अनुसार प्रदीपले सँधै नै मातेर घरमा झगड़ा गर्थ्यो। गए आइतवार राती पनी त्यस्तै भयो। प्रदीपले मातेको झोकमा आफ्नै पितासित झगड़ान गर्न शुरू गऱ्यो अनि अचानक किल ठोकेको बाँसले पितामाथि हमला गऱ्यो।

प्रत्यक्षदर्शीहरू अनुसार प्रदीपले आफ्ना पितामाथि निर्दयतापूर्वक प्रहार गऱ्यो जसले गर्दा तिनी रगताम्मे भएर भुइँलमा लड़े। छिमेकीहरूले तिनलाई बचाउनको लागि तत्कालै पहिला खण्डघोष ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गराए। तर स्थिति बिग्रिएपछि तिनलाई बर्दवान मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ उपचारको क्रममा सोमवार बिहान तिनको मृत्यु भयो।

सूत्रले बतायो, घटना घट्दा मृतककी पत्नी घरमा थिइन। उनी फर्किँदा उनले आफ्नो पतिलाई रगतपच्छे भएर भुइँमा लड़ेको देखिन्। पुलिसले आरोपी छोरा प्रदीपलाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande