गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असम भाजपाले प्रसिद्ध गायक जुबीन गर्गको मृत्यमा भइरहेको राजनीतिक बयानबाजीप्रति कडा आपति जनाउॅंदै विपक्षी दलहरूलाई यस मामिलामा राजनीति नगर्न अपील गरेको छ।
भाजपा प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित संवाददाता सम्मेलनमा पार्टी प्रवक्ता किशोर कुमार भट्टाचार्यले भने, जुबीन गर्गको असमको जनजीवनमा यस्तो स्थान थियो कि उहॉं बितेको एक महिना बितेर जॉंदा पनि प्रदेश शोकमा डूबेको छ। दिवाली जस्तो प्रकाश पर्व बावजुद मानिसहरूको जीवनमा अहिले पनि अन्धकार र मौनता छाएको छ।
उनले भने, भाजपाका साढे छ लाख कार्यकर्ता पनि जुबीनका लाखौं प्रशंसकहरू सरह असमय भएको मृत्युपछि सत्यता जान्न चाहन्छन्, तर यो न्याय केवल अदालतले दिन सक्छ।
भट्टाचार्यले भने, न्यायपालिका विश्वको सबैभन्दा ठूलो स्वतन्त्र र शक्तिशाली संस्था हो, यस कारण हामीले यसप्रति अटूट विश्वास कायम राख्नुपर्छ। जॉंच एजेन्सीहरूलाई तथ्यहरूका साथ पारदर्शी र ठोस जॉंच गर्न पूरा समय दिनुपर्छ ताकि अदालतमा पुख्ता प्रमाण पेश गर्न सकियोस्।
हिन्दुस्थान समाचार / बिशाल