कोलकाता, 20 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार देशवासीहरूलाई दीपावली तथा काली पूजाको शुभकामना दिँदै एकता एवं साम्प्रदायिक सौहार्दलाई कायम राख्ने अपील मानिसहरूसित गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया एक्सको आफ्नो सन्देशमा लेखिन्, “सबैलाई दीपावलीको हार्दिक शुभकामना! दीपहरूको प्रकाश अनि यस पर्वको भावनाले सबैको जीवनमा खुशी, शान्ति एवं समृद्धि ल्याओस् तथा हाम्रो समाजमा एकता अनि सौहार्दलाई प्रेरित गरोस्।”
अर्कोतिर बंगाल भाजपाका प्रदेश अध्यक्ष औ राज्यसभा सांसद समिक भट्टचार्यले पनि काली पूजाको अवसरमा आफ्नो सोशल मीडिया सन्देशमा आध्यात्मिक सन्देश दिए। उनले भने, जब जीवन थकित हुन्छ, मन बोझिल हुन्छ तब माँ काली नै हाम्रो शक्ति र साहस बन्दछ। माँ श्यामाको कृपाले जीवनका सबै बाधाहरू हटोस् अनि हरेक मनमा शुभ विचार, शान्ति तथा प्रकाश सञ्चार होस्।
राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले पनि काली पूजा अनि दीपावलीको शुभकामना दिँदै भने, माँ कालीले तपाईहरूलाई हरेक चुनौतीको सामना गर्नको लागि शक्ति दिउन् अनि जीवनको हरेक बाधालाई हटाइदिउन्। तपाई अनि तपाईको परिवारलाई काली पूजा एवं दीपावलीको हार्दिक शुभकामना।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा