असम सरकारका मन्त्री पीयूष हजारिकाले जुबिन गर्गलाई दिए श्रद्धाञ्जली
असम सरकारका मन्त्री पीयूष हजारिकाले जुबिन गर्गलाई दिए श्रद्धाञ्जली


गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असम सरकारका मन्त्री पीयूष हजारिकाले दिवंगत संगीत आइकन जुबिन गर्गलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पित गर्दै उनलाई “असमको हृदयको धड़कन” बताए।

हजारिकाले भने , “जुबिन दा असमको हृदयका धड़कन थिए। हाम्रो जातीय जीवनप्रति उनको विचार एवं योगदान सदैव स्मरणीय रहनेछ।”

मन्त्रीले जुबिन गर्गको एउटा पुरानो साक्षात्कार साझा गर्दै बताए, जुबिन गर्गले असममा विशाल तकनिकी उद्योग स्थापना गर्ने सपना देख्थे। उनले भने, “उनको त्यै सपनालाई साकार पार्दै आज जागीरोडमा सेमीकण्डक्टर यूनिटको स्थापना गरिएको छ। जुबिन दा हाम्रो हृदयमा सदैव जीवित रहनेछन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande