(अपडेट) मिरिकको नोलडाँडा गाउँमा कार दुर्घटनामा चारजनाको मृत्यु
Mirik-putung-accident


मिरिक, 22 अक्टूबर (हि.स.)। मिरिकको नोलडाँडामा गाडी दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। बुधबार दिउँसो १२:४० बजीतिर मिरिक खण्ड अन्तर्गत नोलडाँडा गाउँमा एउटा ट्याक्सी गाडी दुर्घटना भएको छ, जसमा चारजनाको मृत्यु भएको छ।

१८ देखि १९ जना यात्रीहरु बोकेको दैनिक सेवा सवारी साधन नेपालको करकरीभिट्टाबाट मिरिकतर्फ जाँदै गर्दा चालक राकेश रुचालले ब्रेक लगाए, तर दुर्भाग्यवश गाडी पछाडि सरेर सडकबाट खसेर धेरै तल खसेको थियो।

रिपोर्ट अनुसार, तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। मृतकहरूमा नेपालका ७३ वर्षीय पुरुष धनबहादुर, निरपानी बस्तीकी ३६ वर्षीया सजनी छेत्री, नेपालमा विवाह भएकी सोरसाले मिरिककी गर्भवती महिला बिनिता तामाङ र सोरसालेकी वाङचेन तामाङ रहेको बताइएको छ। चालक राकेश रुचाल र अन्य घाइते यात्रीहरूको उत्तर बंगाल मेडिकल कलेज, सुकुना अस्पताल र नक्सलबारी अस्पतालमा उपचार भइरहेको छ।

उल्लेख्य, हालै मिरिक झीलमा डुबेर एकजनाको मृत्यु भएको थियो भने पैह्रोले ११ जनाको मृत्यु भएको थियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande