पूर्णिया, ३ अक्टोबर (हि.स.)। पूर्णिया जिल्लाको कस्बा थाना क्षेत्रअन्तर्गत कटिहार–जोगबनी रेलखण्डमा शुक्रबार बिहान ठूलो दुर्घटना भएको छ। दशैंको मेला हेरेर घर फर्किरहेका मानिसहरू वन्दे भारत एक्सप्रेस रेलको चपेटामा परे। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। उनलाई पूर्णियाको जीएमसीएचमा भर्ना गरिएको छ।
जानकारी अनुसार, सबै मृतक मखाना फुटाउने मजदुर थिए र दशैं मेला हेरेर फर्किरहेका थिए। यो दुर्घटना जवनपुर नजिक भएको हो, जब जोगबनीबाट दानापुर जाँदै गरेको वन्दे भारत एक्सप्रेसको चपेटामा ती सबै परेका थिए।
घटनाको खबर फैलिएपछि सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। पुलिस र आरपीएफको टोली घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी