कर्नाटकमा भाजपा-जेडीएस गठबन्धऩ खतरामा छैन- देवेगौड़ा
गौड़ाह


बेङ्गलोर, 03 अक्टोबर (हि.स.)। पूर्व प्रधानमन्त्री एवं जनता दल सेक्युलर (जेडीएस) का राष्ट्रिय़ अध्यक्ष एचडी देवेगाड़ाले शुक्रवार स्पष्ट पारेका छन् कि कर्नाटकमा आगामी सबै चुनाउहरूमा भारतीय जनता पार्टी (भाजपा) र जेडीएस गठबन्धन कायम रहनेछ।

राजधानी बेङ्गलुरूको जेपी भवनमा आयोजित एक प्रेस कन्फ्रेन्समा एचडी देवेगौड़ाले भने, यो गठबन्धन जिल्ला, तालुका, बेङ्गलुरु महानगरीय क्षेत्र (जीबीए) र विधानसभा चुनाउहरूमा जारी रहनेछ। भाजपा-जेडीएस गठबन्धनलाई कुनै डर छैन। प्रधानमन्त्री नरेन्द्र मोदीको साथ उनको सम्बन्ध 10 वर्षभन्दा पनि अधिक समयदेखि राम्रो रहेको छ। उनले प्रधानमन्त्रीबारे कहिलेपनि ना-ना थऱी बोलेका छैनन्।

उनले भने, उनी राज्यमा बाढ़ीले भएको नोकसानको निम्ति केन्द्र सरकारबाट क्षतिपूर्ति दिलाउन प्रधानमन्त्रीले चिट्ठी लेख्नेछन्। आवश्यकता परे व्यक्तिगत रूपमा उनलाई भेट्नेछऩ् र राज्यलाई क्षतिपूर्ति जारी गर्नलाई फकाउनेछऩ्।

केन्द्रिय मन्त्री कुमारस्वामीबारे कुरा गर्दै उनले भने, स्वास्थ्य समस्याहरूको कारण उनले केही महिनादेखि राज्यको दौड़ाह गर्न सकेका थिए। अब उनी पूर्ण रूपमा स्वस्थ छन्। डाक्टरहरूले भनेका छन्, कुनै समस्या छैन र कुमारस्वामी छिट्टै नै राज्य (कर्नाटक) को दौड़ाह शुरू गर्नेछऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande