नयाँ दिल्ली, 06 अक्टोबर (हि.स.)। भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले जयपुरस्थित सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी भएर ८ जना बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले राज्य सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्नुपर्ने माग गरेकी छन्।
प्रियंका गान्धीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “जयपुरको अस्पतालको ट्रमा सेन्टरमा लागेको आगलागीका कारण धेरै बिरामीहरूको दुखद मृत्यु भएको समाचार अत्यन्त हृदयविदारक छ। परमेश्वरले दिवंगत आत्माहरूलाई शान्ति प्रदान गरून्। शोकाकुल परिवारप्रति मेरो गहिरो संवेदना व्यक्त गर्दछु।”
उनले थप भनिन्, “राज्य सरकारसँग मेरो अपील छ कि प्रभावित परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् र यस घटनाको शीघ्र र निष्पक्ष छानबिन गरियोस्। साथै दोषीहरूमाथि कडा कारबाही होस्, ताकि भविष्यमा यस्तो घटना नदोहोरियोस्।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी