प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहले जयपुरको एसएमएस अस्पतालमा लागेको आगलागीप्रति दु:ख व्यक्त गरे
प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहले जयपुरको एसएमएस अस्पतालमा लागेको आगलागीप्रति दु:ख व्यक्त गरे


नयाँ दिल्ली, 06 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहले सोमबार राजस्थानको जयपुरस्थित एक अस्पतालमा लागेको आगलागी घटनामा भएको जनहानिप्रति शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्यलयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी सन्देशमा प्रधानमन्त्री मोदीले भने, “राजस्थानको जयपुरस्थित अस्पतालमा लागेको आगलागीमा मृत्यु भएका खबर अत्यन्तै दुःखद छ। जसले आफ्ना प्रियजनहरू गुमाएका छन्, उनीहरूप्रति मेरो संवेदना छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

केन्द्रिय गृहमन्त्री अमित शाहले पनि एक्समा लेख्दै भने, “जयपुरको सवाई मानसिंह अस्पतालमा लागेको आगलागी दुःखद छ। स्थानीय प्रशासनले बिरामीहरूको सुरक्षा, उपचार र प्रभावितहरूको हेरचाहका लागि सबै सम्भव कदमहरू उठाइरहेको छ। जसले यस दुर्घटनामा आफ्नो ज्यान गुमाए, ती सबैप्रति मेरो श्रद्धाञ्जलि र परिवारजनप्रति संवेदना व्यक्त गर्दछु। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

राजस्थानको राजधानी जयपुरस्थित सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति आगलागी हुँदा सात जना बिरामीको मृत्यु भएको थियो।

मृतकहरूमा पिन्टु (सीकर), दिलीप (आँधी, जयपुर), श्रीनाथ (भरतपुर), रुक्मणी (भरतपुर), कुशमा (भरतपुर), सर्वेश (आग्रा, उत्तर प्रदेश), बहादुर (सांगानेर, जयपुर) — रहेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande