राष्ट्रपति 28 नोभेम्बरमा लखनऊमा ब्रह्माकुमारीज कार्यक्रममा भाग लिने
Draupadi murmu


लखनऊ, 16 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु 28 नोभेम्बरमा लखनऊको सुल्तानपुर रोडमा रहेको ब्रह्माकुमारीजको राजयोग प्रशिक्षण केन्द्रमा राज्यस्तरीय उद्घाटन समारोहमा सहभागी हुनेछिन्।

उक्त जानकारी ब्रह्माकुमारीज लखनऊकी उप-क्षेत्र प्रभारी राजयोगिनी राधा बहनले दिएकी हुन्। उनले राष्ट्रपतिका साथै राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र ब्रह्माकुमारीजको संयुक्त मुख्य प्रशासक राजयोगिनी सन्तोष दिदी विश्व एकता र विश्वासको लागि ध्यान (योग) कार्यक्रममा उपस्थित रहने बताइन्।

राजयोगिनी राधा बहनले आध्यात्मिकता हरेक वर्ग र उमेर समूहको लागि आवश्यक रहेको बताइन्। यस मार्फत मात्र मानव आत्मालाई रूपान्तरण गर्न सकिन्छ र वसुधैव कुटुम्बकमको संकल्पलाई साकार पार्न सकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande