
गान्तोक, 16 नोभेम्बर (हि.स.)। तिमी चिया बगानको लामेटारमा आज अटम फेस्ट 2025 को समापन भयो। यस अवसरमा पुरुष खुल्ला फुटबल प्रतियोगिता स्वर्गीय छोन्देन शेर्पा स्मारक कपको फाइनल खेल सम्पन्न गरियो। सनखरी समाज बनाम टी गार्डन जुनियर हाई स्कूलबीच सम्पन्न फाइल खेलमा सुनखरी समाज 3–1 ले विजयी बन्यो।
कार्यक्रममा व्यापारी ओमा शंकर जयसवाल मुख्य अतिथि तथा नाम्चीका एसडीएम वाङ्ग्याल शेर्पा र तिमीका बीडीओ रोशन राई विशिष्ट अतिथि लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
यस अटम फेस्टले देशका विभिन्न राज्यका पर्यटकहरूका साथै स्थानीय आगन्तुकहरूलाई आकर्षित गरेको थियो। फेस्ट घुम्न आएका आगन्तुकहरूले तिमी चिया बगानमा फूलेका चेरीका फूलहरूको आनन्द उठाए।
हिन्दुस्थान समाचार / बिशाल