
धुबड़ी (असम), 23 नोभेम्बर (हि.स.)। श्री गुरु तेग बहादुर साहिबजीको 350औं शहीदी पर्वलाई आइतवार धुबड़ीमा पारम्परिक गरिमा तथा गहिरो श्रद्धाको साथमा मनाइयो। यस अवसरमा निकालिएको भव्य नगर कीर्तनले ऐतिहासिक ब्रह्मपुत्र नदी तटवर्ती नगरलाई भक्ति-भावले ओतप्रोत बनाइदियो जसमा हजारौं श्रद्धालुहरूले भाग लिए।
धुबड़ी साहिब गुरुद्वाराबाट आरम्भ भएको धार्मिक जुलूसमा पारम्परिक कीर्तन, श्रद्धालुहरूको उत्साही सहभागिता तथा सेवा भावना अद्भुत समन्वय देख्न पाइयो। देश-विदेशबाट आएका सिख समुदायका सदस्यहरूले गुरूपर्वको यस आयोजनमा सम्मिलित भएर गुरू तेग बहादुर साहिबजीको शहादत दिवसको आध्यात्मिक महत्वलाई रेखांकित गरे।
कार्यक्रममा सिख प्रतिनिधि बोर्ड (ईस्टर्न जाेन)- का अध्यक्ष सरदार दलजीत सिंह सेठीले बताए, गुरूपर्वलाई सुचारू रूपमा आयोजन गर्नको लागि व्यापक व्यवस्था गरिएको थियो। उनले भने, यस वर्ष 20-30 हजार तिर्थ यात्रीहरूको उपस्थितिले गुरू साहिबको बलिदान अनि मानवताको सन्देशको वैश्विक गुञ्जलाई दर्शाउँछ।
श्रद्धालुहरूको व्यापक भीड़लाई मध्यनजर गर्दै धुबड़ी आउने यात्रीहरूको लागि विशेष ट्रेनहरूको व्यवस्था पनि गरिएको थियो। सेछीले बताए, यात्रीहरूलाई सुविधाजनक यात्रा तथा आवास उपलब्ध गराउनमा विशेष ध्यान दिइयो। दिनभरि चलेको यस पावन आयोजनको समापन अरदास, कीर्तन औ सेवा कार्यहरूको साथमा भयो जसमा गुरू तेग बहादुर साहिबको साहस निःस्वार्थता औ धार्मिक स्वतन्त्रताको रक्षा सम्बन्धि शिक्षाहरूलाई विशेष रूपमा स्मरण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा