
सिलगढ़ी, 23 नोभेम्बर (हि.स.)। प्रधान नगर थाना पुलिसले झाड़ूको आड़मा अवैध रक्सी तस्करीको पर्दाफास गरेको छ। यस मामिलामा एक तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने तस्करको नाम उपेन्द्र प्रसाद सिलगढ़ी निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार, पुलिसले आइतवार साझँ सिलगढ़ी जंक्शन संलग्न पेट्रोल पम्प सामू झाड़ू विक्रेता उपेन्द्र प्रसादलाई सन्देहको आधारमा पक्राउ गऱ्यो। जब उसको झाड़ूको सघन तलाशी लिइयो तब त्यसबाट 36 बोतल रक्सी जफत भयो। पेशाले झाड़ू विक्रेता उपेन्द्र प्रसादले बंगालदेखि बिहारमा रस्की तस्करीको योजना बनाएको थियो। प्रधान नगर थाना पुलिसले आरोपीलाई भोली सिलगढ़ी अदालतमा पेश गर्नेछ। पुलिस अग्रिम कारबाहा जुटेको छ।
हिन्दुस्थान समाचार / बिशाल