
जम्मू, 23 नोभेम्बर (हि.स.)। वरुण सिंह, योगेश सिंह औ दर्शन सिंहलाई न्याय दिलाउने मागमा 24 नोभेम्बरदेखि भइरहेको जन आन्दोलनलाई सम्पूर्ण क्षेत्रबाट व्यापक समर्थन प्राप्त भइरहेको छ। पहाड़ी पञ्चायतका मानिसहरू मृतक परिवारहरूद्वारा घोषित अनिश्चितकालीन भोक हड़तालको समर्थनमा छन् र न्यायको यस मागलाई खुल्ला समर्थन गरिरहेका छन्। गए शनिवार बिलावर अटो यूनियनले पनि भोक हड़ताललाई समर्थन गर्दै आन्दोलनको लागि पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ।
मृतक परिवारहरू पुलिस जाँचदेखि सन्तुष्ट छैनन्। 9 महिना बितिसक्दा पनि कुनै ठोस परिणाम नआएकोमा गहिरो आक्रोश व्यक्त गरिरहेका छन्। परिवारको भनाइ छ, तीनैजनाको टारगेट किलिंगको जाँच सीबीआईलाी सुम्पिइयोस् अनि क्षेत्रमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरियोस्। यी मागहरूलाई लिएर मृतकहरूका परिवारहरू अनि आम जनताले 24 नोभेम्बरदेखि बिलावरमा अनिश्चितकालीन भोक हड़ताल गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा