सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम राख्ने छैन: गणेश राई
सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम राख्ने छैन: गणेश राई


गान्तोक, 23 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको वेस्ट पाण्ड्म निर्वाचन क्षेत्रस्तरीय समन्वय सभा आज पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा पार्टीको केन्द्रिय समितिबाट वरिष्ठ नेतृत्वहरू, जिल्ला पदाधिकारीगण तथा सदस्यहरू उपस्थित थिए।

सीएपी अध्यक्ष राईले आफ्नो सम्बोधनमा निडर भई सबैलाई अघि बढ्न आह्वान गरे। संविधानले दिएको अधिकारलाई निडर भई प्रयोग गर्नुपर्छ र असत्य विरुद्ध आवाज उठाउँन सक्नु पर्छ भनी उनले बताए। उनले सत्तामा आएपछि कुनै जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा गर्दै अहिले खट्ने कार्यकर्ताहरूले अवश्य न्याय पाउने वाचा पनि गरे।

यसैगरी, राजनीतिक मामिलाका उपाध्यक्ष भुषण अधिकारीले प्रजातान्त्रिक प्रणालीमा जनताले आफ्नो अधिकारको उपभोग गर्न पाएका छैनन् भन्दै पार्टी सत्तामा आएपछि यी सबै कुराहरूमाथि ध्यान दिइने बताए। पाकिम जिल्लाका महासचिव मोहन छेत्रीले सभामा सहभागी बन्न आइरहेका कार्यकर्ताहरुलाई रोकियो भन्दै खेद प्रकट गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande