तेलङ्गनामा सड़क दुर्घटना, 18 यात्रीको मृत्यु
तेलङ्गनामा सड़क दुर्घटना, 18 यात्रीको मृत्यु


हैदराबाद, 03 नोभेम्बर (हि.स.)। तेलङ्गनाको रंगारेड्डी जिल्लाको चेवेल्ला मण्डलको खानपुर गेटमा आज बिहान लगभग छ बजी भएको सड़क दुर्घटनामा कम्तिमा 18 यात्रीको मृत्यु भएको छ। एउटा आरटीसी बस र टिपरको ठक्कर हुॅंदा दुर्घटना भएको हो। बसमा लगभग 70 जना थिए।

प्रत्यक्षदर्शीहरू अनुसार, दुर्घटनामा टिपर चालक र आरटीसी बस चालकको मृत्यु भएको छ। वाहनहरूको ठक्करपछि बस यात्रीहरू सीटमा फसेका थिए। मृतकहरूको संख्याको आधिकारिक पुष्टिको प्रतीक्षा छ। दुर्घटना हैदराबाददेखि 40 किलोमिटर टाड भएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande