
नयाँ दिल्ली, 4 नोभेम्बर (हि.स.)। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले मंगलबार राइजिङ स्टार एशिया कपका लागि इन्डिया ए टिमको घोषणा गरेको छ। विकेटकिपर–ब्याट्सम्यान जितेश शर्मालाई टिमको कप्तान नियुक्त गरिएको छ भने पञ्जाबका अलराउन्डर नमन धीर उपकप्तान हुनेछन्। त्यस्तै, युवा ब्याट्सम्यान सनसनी वैभव सूर्यवंशीलाई पनि १५ सदस्यीय टिममा सामेल गरिएको छ।
यो प्रतियोगिता नोभेम्बर १४ देखि २३ सम्म कतारमा खेलिनेछ। भारतलाई समूह ‘बी’ मा ओमान, युएई र पाकिस्तान ए सँग राखिएको छ। टिमले नोभेम्बर १४ मा युएईविरुद्ध आफ्नो अभियान शुरु गर्नेछ। सबै खेल दोहास्थित वेस्ट एन्ड इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछन्। त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश ए, हङकङ, अफगानिस्तान ए र श्रीलङ्का ए रहनेछन्।
भारत ए टिम यस प्रकार छ:
प्रियांश आर्य, वैभव सूर्यवंशी, नहल वडेहरा, नमन धीर (उपकप्तान), सुर्यांश शेजगे, जितेश शर्मा (कप्तान/विकेटकिपर), रमनदीप सिंह, हर्ष दुबे, आशुतोष शर्मा, यश ठाकुर, गुरजपनीत सिंह, विजय कुमार वैषक, युधवीर सिंह चरक, अभिषेक पोरेल (विकेटकिपर), सुयश शर्मा।
स्ट्यान्डबाई खेलाडीहरू:
गुरनूर सिंह बरार, कुमार कुशाग्र, तनुष कोटियन, समीर रिजवी, शेख राशिद।
हिन्दुस्थान समाचार / भवानी थामी