
नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। केरल एक्सप्रेसमा एक युवतीलाई कुदिरहेको ट्रेनबाट धकेलेको घटनालाई लिएर कांग्रेस महासचिव केसी वेणुगोपालले रेल मन्त्री अश्विनी वैष्णव र केरलका मुख्यमन्त्रीलाई चिट्ठी लेखेर ट्रेनहरूमा महिलाहरूको सुरक्षा व्यवस्था मजबूत बनाउने र दोषीहरूमाथि सख्त कारबाहीको माग गरेका छन्।
रेल मन्त्रीलाई लेखेको चिट्ठीमा वेणुगोपालले भनेका छन्, वर्कला निकट नशामा धुत एक व्यक्तिले 19 वर्षीय युवतीलाई कुदिरहेको ट्रेनबाट धकेल्यो, जसबाट उ गम्भीर रूपमा घाइते भइन्। आरोपीले उसकी एक साथीलाई पनि धकेल्न खोज्यो तर उ बचिन्। महिलाहरूको सुरक्षाको निम्ति ठोस कदम उठाउने आवश्यकता छ।
कांग्रेस नेताले रेल मन्त्रालयसित ट्रेनहरू र स्टेशनहरूमा सुरक्षाकर्मीहरूको तैनाती बढ़ाउने, महिलाहरूका लागि आरक्षित डब्बाहरूको सख्त निगरानी गर्ने औं रेलवेको सुरक्षा व्यवस्थाको स्वतन्त्र अडिट गराउने माग गरे।
उनले भने, 2023-24 को तुलनामा 2024-25 मा ट्रेनहरूमा महिलाहरूसित जोड़िएको शिकायत 64 प्रतिशत बढ़ेको छ, जुन अत्यन्तै चिन्ताजनक हो। यस बाहेक वेणुगोपालले केरलका मुख्यमन्त्रीलाई पनि चिट्ठी लेखेर यस घटनाको निष्पक्ष जाँच गराउने र पीड़ितालाई शीघ्र न्याय दिलाउने अपील गरेका छन्।
उनले भऩे, यो हमलाले राज्यमा महिलाहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न तेर्साएको छ। वेणुगोपालले मुख्यमन्त्रीसित आग्रह गरे कि मामिलाको जाँचको निम्ति विशेष गठन गरियोस् र दोषीहरूलाई क़ड़ा सजाय दिइयोस् ताकि भविष्मा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस्।
हिन्दुस्थान समाचार / भवानी थामी