
नयाँ दिल्ली, २४ जून (हि.स.)। दिल्लीबाट अमृतसर जाँदै गरेको एयर इन्डियाको फ्लाइट एआई-४७९ प्राविधिक खराबीका कारण निर्धारित मार्गबाट पाकिस्तानको हवाई क्षेत्रमा पुग्यो। यो घटना सोमबार रातिको हो। पाकिस्तानको हवाई यातायात प्राधिकरणको चेताउनीपछि विमानले यू-टर्न लिएर पुनः भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको थियो।यस विषयमा अहिलेसम्म एयर इन्डियाले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। तर आधिकारिक स्रोतहरूले प्राविधिक खराबीका कारण विमान आफ्नो निर्धारित मार्गबाट भट्किएको पुष्टि गरेका छन्। घटनाको अनुसन्धान भइरहेको छ।जानकारीअनुसार, एयरबस ए-३२१ विमानले सोमबार राति ९:०७ बजी दिल्लीबाट उडान भरेको थियो। उडानका क्रममा प्राविधिक समस्या आएपछि विमान आफ्नो निर्धारित मार्गबाट भट्किएको थियो। समयमै स्थिति नियन्त्रणमा लिइएपछि विमानलाई भारतीय हवाई क्षेत्रतर्फ फर्काइएको थियो।यता, अमृतसर विमानस्थलमा अवतरणको निर्धारित समय सकिइसकेकाले विमानलाई त्यहाँ अवतरण गर्न अनुमति दिइएन। त्यसपछि विमानलाई पुनः दिल्ली फर्काइयो, जहाँ सुरक्षित अवतरण गराइयो।करिब दुई घण्टापछि पुनः अनुमति प्राप्त भएपछि विमानले अमृतसरका लागि फेरि उडान भर्यो र बिहान करिब २:३० बजी अमृतसर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्यो।यस घटनाका कारण यात्रुहरूले करिब चार घण्टाको ढिलाई भोग्नुपर्यो। राति १०:३० बजीसम्म अमृतसर पुग्ने अपेक्षा गरेका यात्रुहरू ढिलो राति मात्र आफ्नो गन्तव्यमा पुग्न सके।
हिन्दुस्थान समाचार / भवानी थामी