जाली पासपोर्ट मामिलामा ईडीको दाबी- व्यवसायीले दश वर्षभित्रमा नौ सय पटक गरे बेंककको यात्रा
जाली पासपोर्ट मामिलामा ईडीको दाबी- व्यवसायीले दश वर्षभित्रमा नौ सय पटक गरे बेंककको यात्रा


कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा जाली पासपोर्ट नेटवर्कको जाँचमा जुटेको प्रवर्तन निदेशालय (ईडी)-को नजर अब बंगालको उत्तर 24 परगना जिल्लाको खड़दहका व्यापारी विनोद गुप्ताको विदेश यात्रामाथि परेको छ।

एजेन्सीको दाबी छ, उक्त व्यापारीले पछिल्लो दश वर्षभित्रमा नौ सय पटक बेंककको यात्रा गरिसकेका छन् जुन गम्भर सन्देहको विषय हो। यसै क्रममा गत सोमवार राज्यका केही क्षेत्रहरूमा छापामारी पश्चात गए मंगलवार रातीसम्ममा गुप्ताको घरमा पनि खानतलासी गरियो जसमा केही महत्वपूर्ण दस्तावेज अनि अचम्भित बनाउने जानकारीहरू हात लागेको छ।

बुधवार यसको पुष्टि गर्दै ईडीका एकजना अधिकारीले बताए, गुप्ताको भनाइ अनुसार उनको मसालाहरूको व्यवसाय छ र त्यसै सिलसिलामा उनी विदेश गइरहन्छन्, तरईडी अधिकारी यस दाबीलाई मान्न तयार छैनन्। सूत्र अनुसार गुप्ताको फरेक्स व्यापारसित पनि सम्बन्ध रहेको पत्तो लागेको छ जसको विस्तारपूर्वक जाँच भइरहेको छ।

जाँच एजेन्सीले बतायो, पक्रा पर्ने मुख्य आरोपीहरूमध्ये एक इन्दुभूषणसित जाँचबुझ गर्दा गुप्ताको नाम खुलासा भयो। आरोप छ, जाली पासपोर्ट बनाएको सट्टामा प्राप्त रकमलाई फरेक्समा निवेश गरिन्थ्यो र यस वित्तीय लेनदेनको सम्बन्ध खड़दहको व्यापारीसित जोड़िएको छ। ईडी अब यो पत्तो लगाउन जुटेको छ, यति धेरै बेंकक यात्राको पछाड़ि असली उदेश्य के थियो र के यसको माध्यमबाट कुनै ठूलो नेटवर्कलाई संचालन गरिँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande