तमिलनाडूका 7 जिल्लामा वर्षा, 4 जिल्लाको निम्ति यलो अलर्ट जारी
तमिल


चेन्नई, 08 नोभेम्बर (हि.स.)। दक्षिण भारतमा बनेको निम्न दबाउ क्षेत्रको कारण 08 नोभेम्बरदेखि 13 नोभेम्बरसम्म तमिलनाडू, पुडुचेरी र कराईकलमा केही ठाउँ बिजुलीगर्जनको साथ पानी पर्ने सम्भावना छ। मौसम विभागको तर्फबाट तमिलनाडूका चार जिल्ला कन्याकुमारी, तिरूनेलवेली, तेनकासी र थूथुकुडीको निम्ति येलो अलर्ट पनि जारी गरिएको छ।

मौसम विभागले आज बिहान 11 बजीदेखि तमिलनाडूका जुन 7 जिल्लाहरूमा वर्षाको सम्भावना व्यक्त गरेको थियो, ती जिल्लाहरूमा बिजुलीगर्जनको साथ पानी परिरहेको छ। मौसम विभागको तर्फबाट प्रदेशको रामनाथपुरम, थूथुकुडी, तिरुनेलवेली, कन्याकुमारी, तेनकासी, तिरुवल्लूर र चेन्नईमा मध्यमदेखि घना वर्षा हुने सम्भावना व्यक्त गरिएको थियो जबकि चार जिल्लाहरू कन्याकुमारी, तिरुनेलवेली, तेनकासी र थूथुकुडीको निम्ति येलो अलर्ट जारी गरेको छ।

मौसम विभाग अनुसार, वर्षाको तीव्रतामा विविधता रहनेछ, जसमा आन्तरिक र तटीय क्षेत्रहरूमा साझँ र रातको समय अधिक वर्षा हुने सम्भावना छ। आइतवार तिरूनेलवेली र कन्याकुमारीमा पनि तीव्र वर्षा जारी रहनसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande