खड़गपुरको बालिचक स्टेसनमा मालगाड़ी प्लेटफर्ममा ठोक्कियो
खड़गपुरको बालिचक स्टेसनमा मालगाड़ी प्लेटफर्ममा ठोक्कियो


खड़गपुर (पश्चिम मेदिनीपुर), 09 नोभेम्बर (हि. स.)। खड़गपुर रेल मण्डल अन्तर्गत बालिचक स्टेशनमा आइतवार बिहान एउटा मालगाड़ीको इञ्जिन प्लेटफार्ममा ठोक्कियो जसले गर्दा स्टेशन परिसरमा भाग-दौड़ मचियो। बिहान लगभग 9 बजे डाउन लाइनको 5 नम्बर लूप लाइनमा प्रवेश गर्ने क्रममा मालगाड़ीको इञ्जिन र दुईवटा डब्बा प्लेटफर्ममा ठोक्किँदै अगाड़ि बढ़्यो।

ठोक्किएको तीव्र आवाज सुनेर प्लेटफर्ममा उपस्थित यात्रीहरूमा भाग-दौड़ शुरू भयो। त्यसबेला स्टेशन परिसरमा निर्माण कार्य भइरहेको थियो जसले गर्दा त्यहाँ काम गरिरहेका कर्मचारीहरू पनि भयभित भए। घटना बारे जानकारी पाउनसात रेलवेका अधिकारीहरू घटनास्थलमा पुगे अनि स्थितिको जायजा लिए।

प्रारम्भिक जानकारी अनुसार ट्रेन ट्र्याकबाट झरेको थिएन, दुर्घटना कसरी भयो यसको जाँच शुरू गरिएको छ। लगभग एक घण्टाको प्रयासले प्लेटफर्मको क्षतिग्रस्त भागलाई हटाएर इञ्जिन र डब्बालाई मुक्त गराइयो।

रेलवे सूत्र अनुसार दुर्घटनामा कुनै प्रकारको जनहानि भएको छैन, तर प्लेटफर्मलाई आंशिक क्षति पुगेको छ। हाल रेलवेको तकनिकी टीम कारणहरू पत्तो लगाउन जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande