रिमोटले चल्छ नीतीश सरकार: मुकेश साहनी
रिमोटले चल्छ नीतीश सरकार: मुकेश साहनी


भागलपुर, 9 नोभेम्बर (हि.स.)। जिल्लाको खरिक प्रखण्ड क्षेत्रस्थित पाटीदारपुर पञ्चायत अधिनस्थ अठगामा महर्षि मेंही उच्च माध्यमिक विद्यालयमा आइतवार लगभग 12:30 बजे वीआईपीका प्रमुख मुकेश साहनीले बिहपुर विधानसभा क्षेत्रबाट महागठबन्धनकी वीआईपी प्रत्याशी अर्पणा कुमारीको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्दै भने, आज तपाईहरूसित वीआईपी प्रत्याशी अर्पणा कुमारीको लागि नौका छापमा भोट माग्न आएको छु।

उनले भने, बिहारमा परिवर्तनको जुन हावा चलिरहेको छ, त्यसमा तपाईहरू पनि सहभागी बन्नुहोस्। जसरी तपाईहरूका पूर्खाहरूले अंग्रेजसित लड़ाईँ गरेर स्वतन्त्रता दिलाए त्यसरी नै बिहारमा एउटा ठूलो पार्टीसित लड़ाईँ भइरहेको छ। बिहारमा सामाजिक न्यायलाई स्थापना गर्नुछ। उनले भने, निश्चित रूपमा महागठबन्धनको सरकार बन्नेछ अनि महागठबन्धनको सरकार बन्नसाथ हाम्रो भाइ तेजस्वी यादव मुख्यमन्त्री हुनेछन् र म उपमुख्यमन्त्री। यदि यो सरकार आयो भने हरेक घरमा सरकारी नोकरी दिनेछ अनि माई-बहन योजना अन्तर्गत 2500 रुपियाँ प्रतिमहिना दिइनेछ।

उनले भने, 2500 रुपियाँ प्रतिमहिनाको हिसाबले 12 महिनामा 30 हजार रुपियाँ हुन्छ। यो राशि दिदी-बहिनी-आमाहरूको खातामा 14 जनवरीसम्ममा पठाउने काम गरिनेछ। उनले अझ भने, 500 रुपियाँमा ग्यास सिलेण्डर, 200 यूनिट बिजुली फ्री बनाउने तथा 1500 रुपियाँ वृद्ध भत्ता दिने योजना छ। यस अतिरिक्त बिहारका युवाहरूले बिहारमै काम गरोस् भनेर हामी व्यवस्था गर्नेछौं। यो बिहार अब नीतीश कुमारको हातमा छैन, किनभने उनी चल्ने योग्यको रहेनन्। उनको सरकार दिल्लीको रिमोटले चल्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande