
नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले हाम्रो संस्कृतिमा निहित प्रकृतिको साथ तालमेल बसाल्नु नै 'पर्यावरणको निम्ति जीवनशैली' को वैश्विक आधार रहेको बताएकी छन्।
मुर्मुले आज राष्ट्रिय ऊर्जा संरक्षण दिवसको अवसरमा यो बयान दिएकी हुन्। यस अवसरमा उनले नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार 2025 र राष्ट्रिय चित्रकला प्रतियोगिताका विजेताहरूलाई सम्मानित गरिन्।
राष्ट्रपतिले भनिन्, ऊर्जा बचत गर्नु भनेको कम प्रयोग गर्नु मात्र होइन तर बुद्धिमानीपूर्वक, जिम्मेवारीपूर्वक र कुशलतापूर्वक प्रयोग गर्नु हो। सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा विकल्पहरू अपनाउनु हो। यसले ऊर्जा बचत मात्र गर्दैन तर कार्बन उत्सर्जन पनि कम गर्छ। युवा र बालबालिकाहरूलाई ऊर्जा संरक्षणबारे जागरूक गर्नु महत्त्वपूर्ण छ। यसले ऊर्जा संरक्षणको लक्ष्य मात्र प्राप्त नगरेर देशको दिगो विकास पनि सुनिश्चित गर्नसक्छ।
उनले बताइन्, सूर्य घर योजना र हरित हाइड्रोजन मिशन जस्ता सरकारी पहलहरूले जीवाश्म इन्धनमा हाम्रो निर्भरता कम गर्न मद्दत गरिरहेका छन्। 2023-24 मा, सरकारले 5.36 मिलियन टन तेल बराबरको ऊर्जा बचत गर्यो । यसले देशको पैसा बचत गर्योा र प्रदूषण कम गऱ्यो।
राष्ट्रपतिले ऊर्जा परिवर्तनलाई सफल बनाउनका लागि नागरिकहरूको व्यवहार परिवर्तन गर्नु महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिइन्। उनले सार्वजनिक सहभागिता र सामूहिक जिम्मेवारी मार्फत भारत ऊर्जा संरक्षणमा अग्रणी रहने र हरियाली भविष्यको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी