नेशनल हेराल्ड मुद्दामा सोनिया र राहुलले राहत पाउनु सत्यको जित : कांग्रेस
Sonia-Rahul


नयाँ दिल्ली, १६ दिसम्बर (हि.स.)। नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा दिल्लीको अदालतले प्रवर्तन निर्देशनालय (ईडी) को उजुरीमाथि संज्ञान लिन अस्वीकार गरेपछि कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधको राजनीतिलाई लागेको कडा झट्का भएको बताएको छ। कांग्रेस महासचिव के.सी. वेणुगोपालले भने, यस फैसलाले प्रमाणित गरेको छ कि पूरा मुद्दा अधिकार क्षेत्र बिना, एफआईआर बिना र कुनै कानुनी आधार बिना केवल कांग्रेस नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले चलाइएको थियो।

के.सी. वेणुगोपालले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै भने, ईडीले बारम्बार नेशनल हेराल्डको तथाकथित मुद्दामा कांग्रेस नेतृत्वलाई फसाउने प्रयास गर्‍यो, तर आजको अदालतको फैसलाले स्पष्ट रूपमा देखाइदिएको छ कि यो मुद्दा पूर्ण रूपमा राजनीतिक द्वेषबाट प्रेरित थियो। उनले यो फैसला बद्लको भावनाबाट काम गर्ने जाँच एजेन्सीहरूका लागि पनि स्पष्ट सन्देश बताएका छन्। कांग्रेस र यसको नेतृत्व लोकतन्त्र र संविधानमाथि वर्तमान शासनद्वारा भइरहेका आक्रमणहरूलाई चुनौती दिन अग्रपंक्तिमा रहेको र सबै प्रकारका चुनौतीहरूको सामना गर्न तयार रहेको पनि उनले उल्लेख गरेका छन्।

कांग्रेस पार्टीको आधिकारिक ‘एक्स’ पोस्टमा सरकारले बदनियतका साथ गैरकानुनी तरिकाले गरेका कारबाहीहरू पूर्ण रूपमा उजागर भएको बताइएको छ। पोस्टमा भनिएको छ, विगत एक दशकदेखि मुख्य विपक्षी दलविरुद्ध बद्लाको भावनाले गरिँदै आएको कारबाही आज देशसामु प्रस्ट भएको छ र न त मनी लन्ड्रिङको कुनै मुद्दा छ, न अपराधबाट आर्जित आम्दानी, न त कुनै सम्पत्तिको अवैध हस्तान्तरण।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande