
खड़गपुर, 20 दिसम्बर (हि.स.)। गए शुक्रवार साँझ खड़गपुर शहरको भवानीपुरस्थित ननीगोपाल संगीत महाविद्यालयको 75औं वर्षगाँठ संगीत सम्मेलनको भव्य आयोजन गरियो। गोलबाजरस्थित रवीन्द्र इन्स्टिट्यूटमा आयोजित सो समारोहको शुभारम्भ उद्घाटन संगीत एवं महाविद्यालयका विद्यार्थीहरूको प्रस्तुतिबाट भयो।
यस अवसरमा प्रसिद्ध गायिका कल्याणी बोसले संगीत एल्बम (सीडी)- को औपचारिक उद्घाटन गरिन्। सम्मेलनमा अतिथि कलाकारको रूपमा कृपाकरानन्द महाराजले शास्त्रीय संगीतको मनमोहक प्रस्तुति दिए जसलाई सुनेर श्रोताहरू भावविभोर भए।
कार्यक्रमको एक विशेष आकर्षण रह्यो पद्मश्री सम्मानित तबला वादक पण्डित स्वप्न चौधुरीको तबला वादन जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पाऱ्यो। उनको साथमा हारमोनियममा हिरण्म मित्रले संगीत प्रस्तुत गरे।
समारोहमा खड़गपुर जीआरपीकी पुलिस अधीक्षक देवश्री सान्याल एवं खड़गपुर शहरका विशिष्ट समाजसेवी दीपक कुमार दासगुप्तालाई सम्मानित गरियो। कार्यक्रममा प्रख्यात चिकित्सक डा. अनुप कुमार मल्लिक तथा कौशिक चक्रवर्तीले पनि संगीत प्रस्तुत गरे।
वाद्ययन्त्रहरूमा तबला—विभास सांघाई, हारमोनियम—प्रदीप पालित एवं जया सानगिरिको संगतले श्रोताहरूको मन मोहित तुल्यायो।
कार्यक्रमको योजना एवं आयोजनमा सम्पादक सजल बोस तथा अध्यक्ष डा. अनुप कुमार मल्लिकको अहम भूमिका रह्यो भने मञ्च संचालन अजय चक्रवर्ती, पालोमा दास (मित्र) एवं अर्णब चक्रवर्तीले गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा