प्रधानमन्त्रीको ऱ्यालीपूर्व ताहेरपुरमा ठूलो दुर्घटना, ट्रेनको चपेटमा परी तीनजनाको मृत्यु
प्रधानमन्त्रीको ऱ्यालीपूर्व ताहेरपुरमा ठूलो दुर्घटना, ट्रेनको चपेटमा परी तीनजनाको मृत्यु


नदिया, 20 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा एसआईआरलाई लिएर भइरहेको राजनीतिक माहोलबीच शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी राज्यको भ्रमणमा छन्। नदिया जिल्लाको ताहेरपुरमा उनको एक जनसभा आयोजना गरिएको छ जसमा मानिसहरूको भीड़ एकत्र भइरहेको थियो।

यसैबीच शनिवार बिहान एउटा ट्रेनको चपेटमा परी तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई तत्कालै शक्तिनगर अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको अवस्था नाजुक रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार मृतक एवं घाइते मानिसहरू मुर्शिदाबाद जिल्लाका निवासी हुन् जो प्रधानमन्त्री मोदीको सभामा सामेल हुनका लागि नदियाको ताहेरपुर आएका थिए।

घटनाको सूचना पाउनसाथ रेलवे तथा पुलिसका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। दुर्घटना कुन परिस्थितिमा भयो जाँच गरिँदैछ। प्रशासनद्वारा सम्पूर्ण मामिलागो गहन अनुसन्धान गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande