
गान्तोक, 24 दिसम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई क्रिसमसको हार्दिक शुभकामना दिॅंदै समाजमा एकता, सद्भाव र भाइचाराको भावनालाई अझ धेरै सुदृढ़ बनाउन आह्वान गरेका छन्।
राज्यपालले क्रिसमसको पूर्वसन्ध्यामा जारी आफ्नो सन्देशमा भने, 'म सिक्किमका सबै नागरिकहरू, विशेषरूपमा इसाई समुदायलाई क्रिसमसको हार्दिक शुभकामना व्यक्त गर्दछु। प्रभु यीशु मसीहको जीवन प्रेम, करुणा, सहनशीलता र समर्पणको प्रतीक हो। उहॉंको सन्देशले मानवतालाई सदैव सत्य, भलाई र सेवाको मार्गमा हिड्न प्रेरणा दिन्छ।'
राज्यपालले प्रभु यीशुले दिएका आदर्शहरूलाई आफ्नो आचरण र व्यवहारमा उतार्न तथा समाजमा एकता, सद्भाव र भाइचाराको भावनालाई अझ धेरै सुदृढ़ बनाउन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल