
गान्तोक, 24 दिसम्बर (हि.स.)। मध्य प्रदेशको इन्दोरमा आयोजित 69औं स्कूल नेशनल गेम्स 2025 मा भाग लिएर राज्यका कराटे खेलाड़ीहरू मंगलवार सिक्किम फर्किएका छन्। राज्य खेलकुद एवं युवा मामिला विभागले हिजो खेलाड़ीहरूलाई रम्फूमा स्वागत जनायो। 15 देखि 19 दिसम्बर, 2025 सम्म आयोजित उक्त प्रतियोगितामा राज्यका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे।
सिक्किमकी मुस्कान तामाङले 46 किलो वजन वर्ग (अण्डर 14 गर्ल्स) मा कांस्य पदक जितेकी छन्। स्कूल नेशनल गेम्समा विभागको ब्यानरमा यो पहिलो पदक रहेको बताइएको छ। विभागले प्रतियोगितामा 3 जना अधिकारी र 14 जना खेलाड़ीहरूको टोली पठाएको थियो।
यस अघि विभागले नोभेम्बर महिनामा स्कूल नेशनल गेम्स अन्तर्गत बक्सिङमा भाग लिन अरुणाचल प्रदेश पठाएको थियो। लामो समयको अन्तररालपछि विभागले नोभेम्बर महिनामा पहिलो राज्यस्तरीय स्कूल गेम्स आयोजना गरेको थियो, जसको उद्देश्य स्कूल नेशनल गेम्सको लागि खेलाड़ीहरूको छनोट गर्नु रहेको थियो। विभागको स्कूल नेशनल गेम्स अन्तर्गत आयोजना हुने अन्य खेल विधाहरूमा पनि खेलाड़ीहरू पठाउने योजना रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
खेलाड़ीहरूलाई स्वागत जनाउन संयुक्त सचिव बिनम गुरुङ, संयुक्त निदेशक (प्रशिक्षण) जिग्मी वाई. लेप्चा, बक्सिङ कोच अनोज प्रधान, ताइक्वाण्डो कोच बिजय गुरुङ, एथलेटिक कोच आरबी सुब्बा उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल