नाबालिग केटीमाथि यौन दुर्व्यवहार, मामिला दर्ता
नाबालिग केटीमाथि यौन दुर्व्यवहार


गान्तोक, 24 दिसम्बर (हि.स.)। नाम्ची पुलिस थाना क्षेत्रमा एक नाबालिग केटीमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर जॉंच शुरू गरेको छ।

पुलिस रिपोर्टका अनुसार, गत आइतवार नाबालिग केटी साथीहरूसॅंग घुम्न गएकी थिइन्। यस क्रममा समूहकै अन्य तीन केटाहरूले नाबालिगमाथि कथित यौन दुर्व्यवहार गरे। पुलिसले आरोपी व्यक्तिहरूलाई पक्राउ गरेको छ र जॉंच शुरू गरेको छ।

यस घटनाको सम्बन्धमा पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande