१९ ग्राम ब्राउन सुगरको साथमा एकजना पक्राउ
ब्राउन सुगरसहित आरोपी पक्राउ


खरसाङ, 07 अगस्त (हि.स.)। पुलिसको सक्रियतामा १९ ग्राम ब्राउन सुगरको साथमा खरसाङमा एकजना पक्राउ परेका छन्।

विश्वसनीय जानकारीको आधारमा खरसाङ पुलिसले आईटी पार्किङ निर्माण नजिकै खरसाङ बाइपास रोड क्षेत्रबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। खोजीको क्रममा पुलिसले तिनीबाट १९ ग्राम संदिग्ध ब्राउन सुगर र एउटा मोबाइल फोन जफत गरेको जानकारी प्राप्त भएको छ।

स्वतन्त्र साक्षीहरू र राजपत्रित अधिकारीको उपस्थितिमा उचित कानुनी प्रक्रिया पूरा गरी जफत गरिएका सामानहरू हिरासतमा लिइएको छ। उक्त व्यक्ति विरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने थप अनुसन्धान भइरहेको छ।

उक्त घटनामा साक्षीको रूपमा उपस्थित खरसाङका एक सक्रिय सामाजिक कार्यकर्ता फिरोज अख्तर अनि महेश थापाले पुलिसको यस कार्यवाहीको निम्ति आभार प्रकट गरेका छन् भने उनीहरूले यस प्रकार नशालु पदार्थको अभियानलाई जारी राख्नु पर्ने विचार पोखेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande