एसएसबीद्वारा ताक्छाङ गाउॅंमा चिकित्सा शिविर आयोजित
एसएसबीद्वारा ताक्छाङ गाउॅंमा चिकित्सा शिविर आयोजित


गान्तोक, 24 दिसम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) को पाकिम आधारित 69औं बटालियनले आज अम्बा पञ्चायत अन्तर्गत ताक्छाङ गाउॅंमा चिकित्सा शिविर सफलतापूर्वक आयोजन गऱ्यो। नागरिक कार्य कार्यक्रम अन्तर्गत आयोजित यस शिविरमा लगभग 130 जना लाभान्वित बने। लाभार्थीहरूले आफ्नो स्वास्थ्य जॉंच गर्नुका साथै उनीहरूलाई चिकित्सा परामर्श र आवश्यक औषधिहरू पनि प्रदान गरिएको एसएसबीले प्रेस बयानमा बताएको छ। शिविर युनिटकी चिकित्सा अधिकारी डा. फाल्गुनी मण्डलको देखरेखमा सम्पन्न गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande