
मुर्शिदाबाद, 28 दिसम्बर (हि. स.)। मुर्शिदाबादको शक्तिपुरमा जनाता उन्नयन पार्टीका चेयरम्यान औ विधायक हुमायुँ कबीरका निजी सुरक्षा गार्डलाई कुटपिट गरेको आरोपमा उनका छोरालाई पुलिसले हिरासतमा लिएको छ। सुरक्षा गार्डले थानामा लिखित सिकायत दर्ता गरायो।
पुलिस सूत्र अनुसार हुमायुँ कबीरको निजी सुरक्षामा तैनाथ कन्स्टेबल जुम्मा खानले केही दिनको छुट्टीको लागि आवेदन गरेका थिए। आरोप छ, यसै कुरालाई लिएर हुमायुँ कबीरका छोरा गुलाम नबी आजाद उपनाम सहेलले उनीसित कुटपिट गरे। आइतवार बिहान जुम्मा खानले शक्तिपुर थानामा यस सम्बन्धमा सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिस मामिलाको जाँच गर्न हुुमायुँको शक्तिपुरस्थित घरमा पुग्यो अनि विधायक पुत्र गुलाम नबी आजादलाई हिरासतमा लियो।
तथापि जनता उन्नयन पार्टीका चेयरम्यान हुमायुँ कबीरले उपरोक्त आरोपलाई शिराबाटै खारेज गरेका छन्। यसको विपरीत उनले सुरक्षा गार्डमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। हुमायुँको दाबी छ, उनको छोराले कसैमाथि कुटपिट गरेको छैन जबकि सुरक्षा गार्डलाई घरदेखि बाहिर निकालिदिएको थियो।
हुमायुँले भने, सुरक्षा गार्डले अनुमति बिनै मेरो अफिस रूपमा प्रवेश गरेर मसित दुर्व्यवहार गर्न थाल्यो। उसले ममाथि कुटपिट गर्ने चेष्टा गरिरहेको थियो। त्यसैले मेरो छोराले उसलाई बाहिर निकालिदियो। यसमा कुटपिट जस्तो कुनै कुरा छैन। पुलिसले चाह्यो भने निष्पक्ष जाँच गरोस्। म बिहीवार फर्केर सम्पूर्ण मामिलामा जवाफ माग्नेछु। कुनै नोटिस बिनै पुलिस मेरो घरमा किन आयो, यसको पनि जवाफ चाहिन्छ।उनले यो पनि आरोप लगाए, सम्बन्धित सुरक्षा गार्डविरूद्ध पहिला पनि असहयोगको सिकायत गरिएको थियो।
हुमायुँ कबीर अनुसार उनले बहरमपुरका आईसीसित सुरक्षा गार्डलाई परिवर्तन गरिदिने माग गरेका थिए, तर कुनै कारबाही भएन। उनले दाबी गरे, सम्पूर्ण घटनाको सीसीटीभी फुटेज छ जसलाई आवश्यकता परे देखाइनेछ। यसबीच हुमायुँले मुर्शिदाबादको एसपी कार्यालय घेराउ गर्ने चेताउनी पनि दिएका छन्। पुलिसको भनाइ छ, सम्पूर्ण मामिलाको जाँच गरिँदैछ र सबै पक्षहरूलाई ध्यानमा राखेर कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा