ज्वेलरी शोरूममा दुस्साहसिक चोरी
ज्वेलरी शोरूममा दुस्साहसिक चोरी


सिलगढ़ी, 28 दिसम्बर (हि.स.)। सिलगढ़ीको व्यस्त हिलकार्ट रोड क्षेत्रमा सुन पसलमा चोरीको घटनाले खैलाबालै मच्चियो। शहरको मुख्य सड़कमा रहेको बीपीएस ज्वेलर्समा हिजो राति चोरी भएको थियो। आइतवार बिहान पसल खोलिनसाथ चोरीको पत्तो लाग्यो र पुलिसलाई यसको सूचना दिइयो।

पसल मालिक अनुसार, चोरहरूले लगभग 30 किलो चाँदी र 100 देखि 200 ग्राम सुन लिएर भागे। पसलभित्रको लकर फुटाउने प्रयास गरेपनि सुनसम्म पुग्न सकेनन्। लकर फुटाउन नसकेपछि पसल ठूलो क्षतिबाट जोगियो। चोरीको क्रममा चोरहरूले पसलमा जड़ान गरिएका सबै सीसीटीभी क्यामेराहरू काटेर डीभीआर बक्स लगे। यद्यपि, मेमोरी भएको क्यामेरा फेला परेको थियो, जसले केही महत्त्वपूर्ण सुरागहरू प्रदान गर्ने सम्भावना छ।

प्रारम्भिक जाँचमा चोरहरूले धेरै दिनदेखि पसलको पछाड़ीको भित्ता बिस्तारै काटिरहेका र त्यसपछि राति अबेरसम्म योजनाबद्ध तरिकाले यो ठूलो चोरी गरेको पत्तो लागेको छ। पसलको सटर र भित्री भागमा तोड़फोड़का स्पष्ट संकेतहरू भेटिएका छन्। चोरीमा विशेष उपकरणहरू प्रयोग गरिएको पुलिसको विश्वास छ।

घटनाको जानकारी पाएपछि, सिलगढ़ी थाना पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गऱ्यो।

पुलिस अधिकारीहरूले विस्तृत अनुसन्धान भइरहेको र आरोपीहरूलाई चाँड़ै पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन्। उनीहरूले शहरका प्रमुख गहना पसलहरूमा सुरक्षा बलियो बनाउनमा पनि ध्यान केन्द्रित गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande