पाँचौ दिन पनि जारी रह्यो सफाई कर्मीहरूको हड़ताल
पाँचौ दिन पनि जारी रह्यो सफाई कर्मीहरूको हड़ताल


भागलपुर, 28 दिसम्बर (हि.स.)। जिल्लाको सुल्तानगञ्ज नगरपरिषद सुल्तानगञ्जका सफाईकर्मीहरूको वेतन र पीएफको राशि भुक्तान नगरिएको कारणले पाँचौं दिन आइतवार पनि हड़ताल जारी रह्यो।

सबै हड़ताली सफाई कर्मचारीहरूले स्थानीय विधायक प्रोफेसर ललित नारायण मण्डलको आवासमा पुगेर आफ्ना मागहरूलाई राख्दै आफ्नो सबै समस्या सुनाए भने स्थानीय विधायक प्रोफेसर ललित नारायण मण्डलले सफाई कर्मीहरूको कुरा सुनेपछि नगर परिषदका कार्यपालक पदाधिकारी कृष्णा भूषण कुमारलाई दूरभाष मार्फै सबै सफाईकर्मीहरूको समस्याको निदान गरिदिने कुरा गरे।

कार्यपालक पदाधिकारी कृष्णा भूषण कुमारले सबै सफाईकर्मीहरूलाई आगामी मंगलवार एक बैठक गरी सबै समस्याको निदान गरिदिने कुरा गरे। सफाई कर्मीहरूले भने, जबसम्म हाम्रो सबै समस्याको समाधान हुँदैन तबसम्म हाम्रो हड़ताल जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande