त्रिपुराको छात्रको हत्या मामिलामा उत्तराखण्ड सरकार कठोर, दोषीहरूले पाउने छैनन् राहतः मुख्यमन्त्री
त्रिपुराको छात्रको हत्या मामिलामा उत्तराखण्ड सरकार कठोर, दोषीहरूले पाउने छैनन् राहतः मुख्यमन्त्री


देहरादून, 28 दिसम्बर (हि.स.)। त्रिपुराका छात्र एञ्जेल चकमाको हत्या मामिलालाई उत्तराखण्ड सरकारले अत्यन्त गम्भीर रूपमा लिएको छ। मुख्यमन्त्र पुष्कर सिंह धामीले भनेका छन्, प्रदेशमा यस किसिमको कुनै पनि घटनालाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन र अराजक तत्वहरूविरूद्ध सरकारले कड़ाईपूर्वक कारबाही गर्नेछ।

मुख्यमन्त्रीले भने, कानून-व्यवस्थासित खेलवाड़ गर्नेहरूलाई कुनै पनि अवस्थामा छाड़िनेछैन। राज्य सरकार राज्यमा बस्ने प्रत्येक नागरिकको सुरक्षाको लागि पूर्ण रूपमा प्रतिबद्ध छ।

त्रिपुराको उनाकोटी जिल्ला अन्तर्गत नन्दानगर निवासी छात्र एञेजेल चकमाको हत्या मामिलामा अहिलेसम्ममा पाँचजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। यिनीहरूमध्ये दुईजना आरोपी नाबालिक छ जसलाई बाल सुधार गृहमा पठाइएको छ। एकजना आरोपी अहिले पनि भागेको छ जसलाई पक्राउ गर्न पुलिसले लगातार छापामारी गरिरहेको छ। भगौड़ा आरोपीमाथि 25 हजार रुपियाँको इनाम पनि घोषित गरिएको छ।

पुलिसको एक विशेष टीमलाई आरोपीको खोजीमा नेपाल पठाइएको छ। मुख्यमन्त्री धामीले पुलिसलाई निर्देश दिएका छन्, भगौड़ा आरोपीलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरियोस्। मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, शीध्र नै आरोपी पुलिसको कब्जामा हुनेछ।

मुख्यमन्त्रीले भने, अपराध गर्नेहरूले सरकारबाट कुनै पनि प्रकारको लचकताको आशा गर्नु हुँदैन। उनले मृतक छात्र एञ्जेल चकमाप्रति गहिरो शोक व्यक्त गर्नको साथै परिवारलाई न्याय दिलाउने भरोसा पनि दिलाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande