खार्तुम, 02 फरवरी (हि.स.)। सुडानको सेना विरुद्ध लडिरहेको कुख्यात अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओमदुरमन शहरको खुल्ला बजारमा सर्वसाधारणमाथि आक्रमण गर्दा 54 जनाको मृत्यु भएको छ। सब्रीन बजारमा भएको यस आक्रमणमा 150 भन्दा धेरै व्यक्ति घाइते भएका छन्। सुडानको स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ।
शनिवार बजारमा ठूलो संख्यामा मानिसहरू किनमेल गरिरहेका बेला आक्रमण भएको थियो। यस आक्रमणपछि शहरमा आतङ्क फैलियो र स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा ल्याउन प्रयास तीव्र पारेको छ।
सरकारी प्रवक्ता खालिद अल-अलीसिरले आक्रमणको निन्दा गर्दै मृत्यु हुनेमा धेरै महिला र बालबालिकाहरू पनि सामेल रहेको बताए। उनले यसलाई गम्भीर मानवीय संकट बताउॅंदै यसले निजी र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको बताए। उनले भने, 'यो आपराधिक कार्यले यस मिलिशियाको रक्तपातपूर्ण रेकर्डलाई बढाएको छ। यो अन्तरराष्ट्रिय मानवीय कानुनको घोर उल्लङ्घन हो।'
संयुक्त राष्ट्र र मानव अधिकार संगठनहरूले यस आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। अन्तरराष्ट्रिय आपराधिक न्यायालयले यस मुद्दासँग सम्बन्धित सम्भावित युद्ध अपराध र मानवता विरुद्धको अपराधको अनुसन्धान गरिरहेको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी