जाली भारतीय नोट सप्लाई गर्ने आरोपी पक्राउ
जाली भारतीय नोट सप्लाई गर्ने आरोपी पक्राउ


जयपुर, 14 मार्च (हि.स.)। ग्रामीण जिल्लाको स्पेशल टीम (डीएसटी) एवं थाना अमरसर पुलिसले शुक्रवार ठूलो कारबाही गर्दै धानोता गाउँ अगाड़ि राडावास रोडमा नाकाबन्दी गरेर बाइकमा सवार आरोपी सचिन यादव (21) निवासी बिलान्दपुर अमरसर जिल्ला जयपुरलाई पक्राउ गरी 1.05 लाख रुपियाँको भारतीय जाली नोट सहित जाली मुद्रा बनाउँदा प्रयोग गरिएको एउटा प्रिन्टर र अलग-अलग रंगको स्याहीका छःवटा डब्बा, प्रिन्टर पेपर, काट्ने चक्कु तथा फलामको स्केल जफ्त गरेको छ। हाल आरोपीसित जाँचबुझ भइरहेको छ।

पुलिस उप-महानिरीक्षक पुलिस (सह-पुलिस अधीक्षक) आनन्द शर्माले बताए, ग्रामीण जिल्लाको स्पेशल टीम (डीएसटी)-लाई थाना अमरसर क्षेत्रमा भारतीय जाली मुद्रा बनाएर सप्लाई गरेको सूचना प्राप्त भयो। त्यसपछि अतिरिक्त पुलिस अधीक्षक रजनिश पुनियाँको निर्देशनमा थाना अमरसर एवं डीएसटीको संयुक्त टीम गठित गरी धानोता गाउँभन्दा लगभग 200-300 मीटर अगाड़ि राडावास रोड़मा पुगेर नाकाबन्दी शुरू गऱ्यो।डि

नाकाबन्दी अवधि संदिग्ध बाइकलाई रोकेर सचिन यादवलाई डिटेन गरी जाँच गरियो जसमा 100 रुपियाँको 390 वटा नोट अर्थात 39 हजार रुपियाँ अनि 200 रुपियाँको 330 वटा नोट अर्थात 66 हजार रुपियाँ कुल 01 लाख 05 हजार रुपियाँको भारतीय जाली मुद्रा भेटियो। आरोपी सचिनको कब्जाबाट जाली नोट र जाली नोट सप्लाई गर्दा प्रयोग गरिएपछि उसैले बताए अनुरूप भारतीय जाली मुद्रा बनाउने प्रिन्टर, अलग-अलग रंगको स्याहीका 06 डब्बा, प्रिन्ट पेपर, कैंची, कागज काट्ने चक्कु अनि फलामको स्केल जफ्त गरियो। यस गिरोहमा अन्य को-को सामेल छ, त्यसबारे पत्तो लगाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande