गुवाहाटी, 14 मार्च (हि.स.)। असममा राभा-हासों स्वायत्तशासी परिषद (आरएचएसी) चुनाउको निम्ति भारतीय जनता पार्टी (भाजपा) ले छ निर्वाचन क्षेत्रको निम्ति आफ्ना उम्मेदवारहरूको घोषणा गरेको छ। प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले जोरहाटमा एक संवाददाता सम्मेलनमा उक्त जानकारी दिए।
भाजपाले 15 नम्बर आगिया सीटबाट सुचित्रा नाथ, नम्बर कठाकूटीबाट भैरव कछारी, 20 नम्बर जयरामकुचीबाट प्रेमाजुली राभा, 22 नम्बर बोंडापाराबाट मेघाली राभा, 30 नम्बर बामुनीगांवबाट अजीत राभा र 35 नम्बर शिलपोटा सीटबाट कमलेश्वर राभालाई उम्मेदवार बनाएको छ।
राभा-हासों परिषदमा कुल 36 निर्वाचन क्षेत्र छन्, जसमा भाजपाले अहिले छ सीटमा उम्मेदवारहरूको नाम घोषणा गरेको छ। चुनाउ आगामी 2 अप्रेलमा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल