गान्तोक, 14 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवन परिवारका सदस्यहरूसॅंग होली पर्व मनाउॅंदै सबैलाई हार्दिक शुभकामना दिए। राज्यपालले सबै अधिकारीहरू, कर्मचारीहरू र उनीहरूका परिवारहरू र भारतीय तिब्बत सीमा पुलिस र सीआरपीएफका जवानहरूलाई मिठाई वितरण गरेर होलीको बधाई दिए।
यस अवसरमा पारम्परिक होली गीत र नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। राज्यपालले आफ्नो सम्बोधनमा भने, 'होलीको पर्वले हामी सबैलाई एकताको सूत्र र सौहार्दमा बॉंध्छ। राजभवन परिवारसॅंग होली मनाउॅंदा पाउॅंदा म अत्यन्त खुशी छु। तपाईहरू सबैलाई होलीको हार्दिक शुभकामना र उज्जवल भविष्यको कामना गर्दछु।'
हिन्दुस्थान समाचार / बिशाल