एसडीएफ अध्यक्षले दिए राज्यवासीहरूलाई होलीको शुभकामना
एसडीएफ अध्यक्षले दिए राज्यवासीहरूलाई होलीको शुभकामना


गान्तोक, 14 मार्च (हि.स.)। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले होलीको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा होली नराम्रोमाथि राम्रोको विजयको प्रतीक रहेको बताउॅंदै यस विशेष दिनले सबैको जीवनलाई प्रकाश, खुशी र आनन्दले उज्यालो बनाओस् भनी प्रार्थना गरेका छन्।

उनले भनेका छन्, रंगहरूको यो जीवन्त पर्वले सिक्किमका सबैको ह्रदयमा आनन्द र उज्यालो ल्याओस्। यस पर्वले सबै सिक्किमेली जनतामा एकता र भ्रातृत्वको भावना अझ बलियो होस्।

उनले हाम्रो समृद्ध विविधता र एकताको भावनाको प्रतिबिम्बको रूपमा होली मनाऔं, जसले हामीलाई एक सिक्किमेली समुदायको रूपमा बाँध्छ भनी आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande