सिरोही, 14 मार्च (हि.स.)। पालडीएम थाना क्षेत्रको पोसालिया गाउँमा पत्नीलाई भगाएको आरोप लगाउँदै एकजना युवकले धारिलो हतियारले आफ्नै साँढ़ु दाज्युको हत्या गरिदियो। घटनापछि आरोपी घटनास्थलबाट भाग्यो। पुलिसले आरोपीलाई खोजिरहेको छ। घटनाको सूचना पाएर पुलिस अधीक्षक अनिल कुमारले घटनास्थलको निरीक्षण गरी आवश्यक दिशानिर्देश दिए।
पालड़ी एम थानाधिकारी फगलु रामले बताए, उनलाई गम्भीर रूपले कुटपिट गरेको सूचना प्राप्त भयो, त्यसपछि दलबल सहित उनी घटनास्थलमा पुगे। घटनास्थलमा पुगेर थाहा भयो, पत्नीलाई भगाएको शंकामा साँढ़ु भाइले साँढ़ु दाज्युमाथि घारिलो हतियारले प्रहार गरी हत्या गरिदिएको छ।
पुलिसले घटनास्थलको निरीक्षण गर्नको साथै मृतकका ससुरा भुरा रामसित बाचति गऱ्यो। पुलिसले घटनास्थलको निरीक्षण गरेपछि शवलाई पालड़ी एमको सरकारी अस्पतालको मोर्चरीमा रखाएको छ। हत्यापछि आरोपीहरू घटनास्थलबाट भागेका छन् जसलाई पुलिसले खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा