गान्तोक, 16 मार्च (हि.स.)। गान्तोक जिल्लाका जिल्लापालको निर्देशनमा शनिवार जिल्ला प्रशासनका अधिकारीहरूले नाम्लीको निरीक्षण भ्रमण गरे। एनएचआईडीसीएल र साइन्स सेन्टरबीच अतिक्रमण विषयलाई लिएर गरिएको निरीक्षण भ्रमणको अगुवाई गान्तोकका एसडीएम महिन्द्र छेत्रीले गरेका थिए।
निरीक्षणको क्रममा सन फार्मा, प्लान्ट-II युनिट छेउ ढल निकास प्रणालीको निरीक्षण गरियो। एनएचआईडीसीएल प्रतिनिधिहरूलाई बाटोमा माटो जमा हुन नदिन सफा गर्न र बाटो खुल्ला गर्न निर्देश दिइयो। निरीक्षण अवधि साइन्स सेन्टर र एनएचआईडीसीएलका प्रतिनिधिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल